ऋणात्मक हुँदै नेप्से, बजार लयमा आउनै सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

ऋणात्मक हुँदै नेप्से, बजार लयमा आउनै सकेन

stock_exchange_nepse-e1528283604277

काठमाडौं, ३ चैत । साताको पहिलो दिनबाटै निराशाजनक देखिएको शेयरबजार तेश्रो दिन मंगलबारपनि आशा अनुरुप नेप्सेमा सुधार देखिएन । मंगलबारको कारोबार अवधिभर उतार चढाव देखिएको नेप्से बजारबन्द हुने बेलामा केही सकारात्मक देखिएको छ ।

बिगत केही दिन यता नियमितरुपमा घटेको बजारले आम लगानीकर्तामा मनोवैज्ञानिक त्रास सिर्जना गरेको छ । यही त्रासकै कारण पनि लगानीकर्ताहरुको उपस्थिती उल्लेख्य हुन नसकेपछि बजारलाई लयमा आउन मुश्किल परेको विश्लेषण गरिएको छ । अघिल्लो साताबाटै ऋणात्मक हुँदै गएको शेयर, अझै तल झर्न सक्ने मनोविज्ञानले काम गर्ने भएकै कारण बजारले लय पक्रन अझै केही समय लाग्ने शेयर विश्लेषहरुको भनाई छ ।

सोमबार कायम रहेको नेप्से सूचक मंगलबार बजार बन्द हुँदाको स्थितीमा २.५६ अंकले घटेर २३९१.७४ विन्दुमा अडिएको छ । मंगलबार ३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको ९० लाख १२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

नेप्सेले वर्गीकृत गरेका १३ समुह मध्ये ७ वटा समूहले प्रगती हासिल गरेकाछन् । यिनमा सबैभन्दा बढी जीवन बिमा समूह २३०.२९ अंकले बढेको छ । ५ कम्पनीको भाउ ९% भन्दा धेरैले वृद्धि भएको छ । खरिदबिक्री रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्सले वाजी मारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);