शेयर बजारले यो साता आफ्नो ईतिहासकै पहिलो रेकर्ड कायम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शेयर बजारले यो साता आफ्नो ईतिहासकै पहिलो रेकर्ड कायम

stock_exchange_nepse-e1528283604277

काठमाडाैं । नेपाल शेयर बजारले यो साता आफ्नो ईतिहासकै पहिलो रेकर्ड कायम गरेको छ । यो साताको मंगलबार नेप्से सूचकले र बुधबार दैनिक कारोबार रकमले नेप्सेकै ईतिहासमा अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको हो । मंगलबार नेप्सेको कारेवार अलटाइम हाई २ हजार ७ सय ९३ दशमलव ९० मा विन्दुमा आएर बन्द भएको थियो भने बुधबार दैनिक कारोबारकै हिसाबले अहिेलेसम्मकै उच्च ११ अर्ब ९० करोड रुपैयाँको कारोवार गरेको थियो ।

यो साताको अन्तिम दिन बिहीबार नेप्से सूचक २ हजार ७ सय ८७ दशमलव १९ विन्दुमा आएर बन्द भएको छ । जुन गत साताको अन्तिम विन्दु २ हजार ६ सय ८४ दशमलव ०१ को तुलनामा ३ दशमलव ८४ प्रतिशतले बढी हो । यो साताको समग्र कारोवारको तथ्यांकलाई हेर्ने हो भने साताभरी ९ दशमलव २ अर्ब रुपैयाँ भन्दा माथि नै कारोवार भएको छ । साताको अन्तिम दिन बिहीबार कारोबार रकम ९ अर्ब २८ करोड रुपैयाँ पुगेको थियो ।

यस्तै यो साताको कारावारका आधारमा बजार पुँजीकरण ३८ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ । गत साताको तुलनामा कारोबार रकममा यस सता उल्लेख्य सुधार आएको बजमरले बिहीबार सबैभन्दा थोरै ९ अर्ब २८ करोडको कारोवार गरेको छ । यस्तै सेयर बजारमा नेप्से ईतिहासकै सबैभन्दा धेरै ११ अर्ब ९० रुपैयाँको कारोवार बुधबार भएको थियो । यो साता औसतमा दैनिक १० अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यस साता सेयर बजारले नयाँ रेकर्ड बनाउनुका पछाडि सेयर बजारको सिजन सुरु हुनु, कोरोनाका कारण जारी निषेधाज्ञाका कारण अरु व्यापार व्यवसाय ठप्प हुँदै सबैको ध्यान सेयर बजारमै केन्द्रित हुनु जस्ता कारण प्रभावि रहेको मान्न सकिन्छ । यसैगरि तरलता वृध्दिकै कारण बैंकहरुले निक्षेपको ब्याजदर अझै घटाउनु, बुल रनको निरन्तरताका साथै मुलुकमा विस्तारै चुनावी माहोल खडा हुँदै जानुले पनि सेयरमा लगानी बढेको आंकलन गर्न थालिएको छ ।

यो साताको समग्र कारोवारका रुपरेखा हेर्दा नेप्सेमा सुचीकृत उत्पादन मुलक समुहलाई छाडेर अन्य अधिकांश समूहमा सुधार देखिएको छ । उत्पादनमूलक समूहले भने समग्र साताको कारोवारमा १ दशमलव ७ प्रतिशतले क्षती ब्यहोरेको छ । बढेकामा १४ दशमलव ८८ प्रतिशतले फाइनान्स समूहमा सबैभन्दा अगाडि देखिएको छ । विकास बैंक समुहले ९ दशमलव ४३ प्रतिशतको वृध्दि गरेर फाईनान्स समुहलाई पच्छ्याएको छ ।

यो साता होटल तथा पर्यटन समूहले पनि ६ दशमलव ६१ प््रतिशतको वृध्दि हासिल गरेको छ । यो साता समता घरेलु लघुवित्तका लगानीकर्ताले अधिक आर्जन गरेका छन् । समता घरेलुको सेयरमुल्य यो एक सातामै ६० दशमलव ८९ प्रतिशतले बढेको छ । दोस्रोमा रुरु जलविद्युत परियोजनाले ४० दशमलव ६३ प्रतिशत र तेस्रोमा नेपाल फाइनान्सले ३५ दशमलव ०८ प्रतिशतले सेयर मुल्यमा वृद्धि हासिल गरेका छन् ।

सेयरले ऐतिहासिक रेकर्ड कायम गरि रहँदा नाफा कमाउने सँगै गुमाउनेको लश्कर पनि उत्तिकै छ । यो साता बोटलर्स नेपाल (तराई) को सेयर मुल्य सबैभन्दा बढी भाउ ८ दशमलव ०७ प्रतिशतले घटेको छ । दोस्रोमा लिबर्टी इनर्जीले ३ दशमलव ८८प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चरले ३ दशमलव ८० प्रतिशतका दरले गुमाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);