शेयर बजारमा नयाँ रेकर्ड, ७ अर्ब ६१ करोड बढीको कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

शेयर बजारमा नयाँ रेकर्ड, ७ अर्ब ६१ करोड बढीको कारोबार

stock_exchange_nepse-e1528283604277

काठमाडौं, ११ मंसिर । शेयर कारोबार साताको अन्तिम दिन बिहीबार शेयरबजार नेप्से सूचकले यस अघिको ऐतिहासिक उच्च विन्दु १८ सय ८१ पार गरेर १८ सय ९३ दशमलव दुई चार विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १८ दशमलव चार तीन अंकले बढेको हो ।

यसअघि २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको थियो । त्यसबेला नेप्से सूचकले १८ सय ८१ अंकमा पुगेर रेकर्ड कायम गरेको थियो । त्यसबेलादेखि ओरालो लागेको सेयर बजारले बिहीबार भने नयाँ किर्तिमान कायम गरेको हो ।

बिहीबार हालसम्मकै उच्च रकमको कारोबारसमेत भएको छ । २ सय १ वटा कम्पनीका १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर ७० हजार तीन पटकको कारोबारबाट ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँमा खरिद बिक्री भएको छ ।

बिहीबार कारोबार रकमसँगै शेयर कित्ता र व्यापार पटकले नै ऐतिहासिक रेकर्ड राखेको हो । कारोबार बुधबारको तुलनामा २ अर्ब ४८ करोड १२ लाखले बढी हो । यसअघि यहि मंसिर ७ गते आइतबार नेप्सेमा ६ अर्ब ९० करोड बढीको कारोबार भएको थियो ।

यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव आठ पाँच अंक बढेर ३ यस ६५ दशमलव एक आठ विन्दुमा पुगेको छ । बिहीवार कारोबार भएका १२ मध्ये ५ वटा समूहको सूचक उकालो लागेको छ । बैंकिङ, जलविद्युत, उत्पादन, अन्य र म्युचुअल फण्ड समूह उकालो लागेको हो ।

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढीको शेयर कारोबार हुँदा शेयर कारोबारका आधारमा भने प्रभु बैंक लिमिटेड अगाडि रहेका छन । एनएमबि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले भने सबैभन्दा बढी गुमाएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);