प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग

काठमाडौँ ।

श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्री बालेन्द्र साहको जेठ १७ गतेको अभिव्यक्तिलाई लिएर सदनको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा उहाँले प्रधानमन्त्रीको भनाइलाई ‘राष्ट्रघाती’ संज्ञा दिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको हो । बुधवारको बैठकमा बोल्दै सांसद संग्रौलाले प्रधानमन्त्रीले गत जेठ १७ गते संसदको रोस्टमबाट नेपालले पनि भारतको सीमा मिचेको छ भनि दिनुभएको अभिव्यक्ति आपत्तिजनक रहेको जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै लामो समयदेखि सदनमा यस विषयमा प्रश्न उठाउँदै आएको बताउनु भयो । उहाँले सरकारले यो विषयमा अझै पनि जवाफ नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । आफ्नो मागको सम्बोधन कहिलेसम्म हुन्छ भन्दै उहाँले सरकारसँग प्रश्नसमेत गर्नुभयो । यसअघि पनि विभिन्न दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर संसद्मा विरोध जनाउँदै आएका थिए । सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद संग्रौलाले यस विषयलाई सरकारले बेवास्ता गर्न नहुने बताउनु भयो ।

Leave a Reply