मातृकाको भनाईमाथि एमालेको आपत्ति, संसदको रेकर्डबाट हटाउन सभामुख सापकोटाको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मातृकाको भनाईमाथि एमालेको आपत्ति, संसदको रेकर्डबाट हटाउन सभामुख सापकोटाको निर्देशन

काठमाडौं । माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबार प्रतिनिधिसभाको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीबारे गरेको टिप्पणी माथि आपत्ति जनाएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरेका हुन् । उनले भने–‘‘हिजोको बैठकमा एक जना माननीय सदस्यले संसदीय गरिमामा गम्भीर आँच पुग्ने गरी अर्को सदस्यलाई आरोप लगाएर असंसदीय शब्द प्रयोग गर्नुभयो त्यो भनाई प्रति हाम्रो गम्भीर आपत्ति छ । त्यतिबेलै ध्यानाकर्षण गराउँदा सभामुखको ड्यासबाट ध्यानाकर्षण भयो भन्ने मात्रै भयो । संसद जथाभावी शब्द प्रयोग गर्ने ठाउँ होइन । यो ठाउँमा जसरी शब्दहरू प्रयोग गरियो ? एक माननीयले अर्कोलाई गाली गलोज संसदको गरिमा हो ?’

एमाले लोकतन्त्रको संघर्षबाट आएको पार्टी भएको बताउँदै उनले यादवले संसदमा बोलेको कुरा संसदको रेकर्डबाट हटाएर संसदको गरिमा कायम गर्न माग गरे ।

भट्टराईको माग पछि सभामुख अग्नि सापकोटाले मातृका यादवको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन निर्देश्न दिए ।

सांसद यादवले बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओली मानसिक र शारिरीक रुपमा अस्वस्थ रहेको भन्दै विवादित अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति पश्चात् पछि एमाले प्रमुख सचेतक भट्टराईले आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);