आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै वैद्यले मागे माफी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै वैद्यले मागे माफी

हेटौंडा । प्रधानमन्त्रीका बारे विवादित अभिव्यक्ति दिएका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा माफी मागेका छन् । सांसद वैद्यले आज बसेको प्रदेश सभाको बैठकमा आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका हुन् ।

शुक्रबार बसेको बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यक भएको र कोही नभए आफू नै गोड्से बन्न तयार भएको बताएका थिए । गोड्से महात्मा गान्धीलाई गोली हानी हत्या गर्ने व्यक्ति हुन् । वैद्यको यस अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

प्रधानमन्त्री ओलीको प्रवृत्तिबाट आजित भएका कारण आवेगमा त्यसतो अभिव्यक्ति प्रस्तुत भएको भन्दै माफी मागेका हुन् । उनले आफ्नो पार्टीको निर्देशन अनुसार आत्मालोचना सहित माफी मागेको उनको भनाई छ ।

सांसद वैद्यले संसदको रेकर्डबाट आफ्नो अभिव्यक्ति हटाउन समेत सभामुख समक्ष आग्रह गरेका छन् ।

साथै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन पनि दिईसकेका छन् ।

वैद्यको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । नेपाली कांग्रेसलाई वैद्यलाई आत्मालोचनासहित माफी माग्न निर्देशन दिएको थियो । त्यसैगरी नेकपा एमालले वैद्यको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको भन्दै भत्र्सना गरेको थियो ।

यो पनि पढ्नुहोस

वैद्यको आपराधिक अभिव्यक्ति फौजदारी कानुन आकर्षित हुने विषय हो : एमाले
प्रदेश सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न कांग्रेसको निर्देशन

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);