प्रदेश सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न कांग्रेसको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्ने निर्देशन दिएको बताएको छ ।

नेपाली कांग्रेस शनिबार विज्ञप्ति निकाल्दै प्रदेश सांसद वैद्यले दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताउँदै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्ने निर्देशन दिइएको जानकारी गराएको हो ।

प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सांसद वैद्यलाई सचेत गराएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शुक्रबार बसेको बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यक भएको र कोही नभए आफू नै गोड्से बन्न तयार भएको बताएका थिए । गोड्से महात्मा गान्धीलाई गोली हानी हत्या गर्ने व्यक्ति हुन् । वैद्यको यस अभिव्यक्तिको चौतर्फी आलोचना भईरहेको छ ।

कांग्रेसको विज्ञप्तिमा अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको भन्दै आलोचना लोकतान्त्रिक हक भएपनि त्यसको प्रयोग पार्टीको नीति र संस्कृतिलाई विर्सन नमिल्ने बताएको छ ।

विज्ञप्तिमा लेखिएको छ –‘शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ । हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालार्ई प्रेशित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन । ’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);