वैद्यमा अझै दम्भ देखिन्छ : मुख्यमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

वैद्यमा अझै दम्भ देखिन्छ : मुख्यमन्त्री पौडेल

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यमा दम्भ देखिएको बताएका छन् ।

शनिबार बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनका अनुसार वैद्यले अभिव्यक्ति फिर्ता लिएर माफी मागे पनि गल्ती महशुस गरेका छैनन् ।

वैद्यले माफी माग्दा पार्टीले माफी माग्न निर्देशन दिएकाले माफी मागेको भनेकाले उनमा दम्भ देखिएको मुख्यमन्त्री पौडेलले बताएका हुन् ।

शुक्रबार बसेको बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यक भएको र कोही नभए आफू नै गोड्से बन्न तयार भएको बताएका थिए । गोड्से महात्मा गान्धीलाई गोली हानी हत्या गर्ने व्यक्ति हुन् । वैद्यको यस अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

नेपाली कांग्रेसले वैद्यलाई आत्मालोचनासहित माफी माग्न निर्देशन दिएको थियो । त्यसैगरी नेकपा एमालले वैद्यको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको भन्दै भत्र्सना गरेको थियो ।

यो पनि पढ्नुहोस

प्रदेश सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न कांग्रेसको निर्देशन
वैद्यको आपराधिक अभिव्यक्ति फौजदारी कानुन आकर्षित हुने विषय हो : एमाले

सो पश्चात वैद्यले आज प्रदेशसभामा माफी मागेका थिए ।

यो पनि पढ्नुहोस

आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै वैद्यले मागे माफी

साथै मुख्यमन्त्री पौडेलले यस्तो अभिव्यक्ति सत्ता पक्षले दिएको भए संसदमा तोडफोड हुने तर आफूहरु भने मर्यादित भएर बसेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);