Our Network

साउन १७ २०७८, आइतबार

वैद्यको बोलीमा लर्खराउने नेता हुन् प्रधानमन्त्री ओली ?

बालकुमार नेपाल,
काठमाडौं । संविधानसभाको पहिलो निर्वाचनमा पराजय भएपछि तत्कालीन स्थायी समिति सदस्य रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोझै एमाले मुख्यालय बल्खु पुगे । माओवादीसंग कुनै हालतमा चुनावी एकता नगर्ने अडान लिएका ओलीको पहिलो प्रतिक्रिया जान्न सबै उत्सुक नै थिए ।

पार्टी कार्यलयमा पत्रकारहरुले उनलाई साोधेको प्रश्न थियो तपाईले माओवादीले आफू माथि आक्रमण गरेको आरोप लगाउनु भयो रे तर आक्रमण गरेको होइन रे ? त्यसमा ओलीको जवाफ थियो ‘‘लोहरा जत्रा ढुंगा बर्षिएका थिए, त्यसलाई म पुष्पवृष्टि भएको भन्न सक्दिन ।’’ लगतै उनलाई अर्को प्रश्न सोधियो तपाईले माओवादीसंग तालमेल गर्न मान्नु भएन, तालमेल गरेको भए यस्तो परिणाम आउने थिएन होला नि ? त्यसमा ओलीको जवाफ थियो ‘‘अर्काको बैशाखी टेकेर कतिन्जेल राजनीति गर्ने?’’

जस्तो सुकै परिस्थितिमा पनि नडगमगाउने नेता हुन् ओली । अहिले बागमती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यले आफू नाथुराम गोड्से बन्न तयार भएर ओलीको ज्यान लिने भाषण गरे । यसको सर्वत्र आलोचना भएको छ । वैद्यले प्रतिनिधित्वगर्ने पार्टीले समेत त्यसलाई सच्याउन निर्देशन दिएको छ र वैद्यले माफी मागे पनि ।

सन्दर्भ ओलीलाई ज्यान लिन्छु भन्ने कुरा केही होइन । मुख्य कुरा प्रदेश सभाको सदस्यले यो कुरा बोल्न कति सुहाँउछ भन्ने हो । ज्यान लिने मान्छेले हिन्दी फिल्मी शैलीमा घोषणा गर्दैन । यो ज्यान लिनका लागि आएका भनाई पनि होइन । तर एक प्रदेश सदस्यलाई यो कुरा भन्न कति सुहाउँछ भन्ने हो ।

२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री थिए । कलाकार मोहन निरौलाले आाफूलाई कसैले बन्दुक दिए प्रधानमन्त्री कोइरालालाई ठाँउको ठाँउ गोली हानेर उनको हत्या गर्ने घोषणा गरेका थिए । त्यस लगतै प्रहरीले उनलाई पक्राउ ग¥यो ।

त्यसबेला निरौलाको पक्ष र विपक्षमा बहस भएको थियो । एउटा तर्क थियो ‘‘गोली पो हान्न पाँईदैन, तर गोली हान्छु भन्न पाईन्छ । शसस्त्र बिद्रोह गर्न पाँईदैन, तर बिद्रोह गर्छु भन्न पाईन्छ ।’’ त्यसमा अर्को तर्क थियो ‘‘अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा समाजमा आउने नकारात्मक बिचार प्रवाह गर्न पाँईदैन । निरौलाको सो अभिव्यक्ति पनि समाजमा नकारात्मक बिचार फैलाउने खालको बन्यो ।’’

अहिले वैद्यको अभिव्यक्तिले प्रधानमन्त्रीओली थुरुरु भएका होइनन् । उनी झस्किएका पनि छैनन् । वैद्यको भन्दा धेरैगुणा सुरक्षाभित्र बस्छन् । एउटा घाटे वैद्यले आफ्नो ईहलिला समाप्त पार्ला भनेर उनी डराएका पनि होइनन् तर सवाल यस्ता अराजक र उत्ताउला भनाईलाई महत्व दिने हो र ठिक भन्ने हो भने समाज कता जाला ?

प्रधानमन्त्री ओली देशका कार्यकारी प्रमुख हुन् । उनीसंग सबै सहमत हुनुपर्छ भन्नेपनि छैन । उनको शैली सबैले मान्र्पर्छ भन्ने पनि छैन । तर उनी अहिले देशको बागडोर हाँकी रहेका नेता हुन् । उनी जनताले निर्वाचित गरेका प्रधानमन्त्री हुन् । सबैलाई ओली मन पर्ला वा नपर्ला तर प्रधानमन्त्रीको कुर्सीको सबैले सम्मान गर्नुपर्छ ।

वैद्यको अभिव्यक्ति प्रधानमन्त्री ओलीतर्फ लक्षित छैन । त्यो नेपाली जनताले दुख गरेर स्थापना गरेको प्रधानमन्त्रीको सार्वभौम कुर्सी तिर छ । त्यसैले यस्ता अभिव्यक्तिले केही गर्न नसक्ला तर समाजमा वितृष्णा जगाउने काममा सहयोग गर्छ ।

Leave a Reply