वैद्यको आपराधिक अभिव्यक्ति फौजदारी कानुन आकर्षित हुने विषय हो : एमाले | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वैद्यको आपराधिक अभिव्यक्ति फौजदारी कानुन आकर्षित हुने विषय हो : एमाले

काठमाडौं । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने धम्की सहितको अभिव्यक्तिको नेकपा एमालेले भत्सर्ना गरेको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको भन्दै यसलाई पार्टीले गम्भीर रुपमा लिएको बताएको छ ।

शुक्रबार बसेको बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यक भएको र कोही नभए आफू नै गोड्से बन्न तयार भएको बताएका थिए । गोड्से महात्मा गान्धीलाई गोली हानी हत्या गर्ने व्यक्ति हुन् । वैद्यको यस अभिव्यक्तिको चौतर्फी आलोचना भईरहेको छ ।

एमालेले यस विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषयका रुपमा लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा लेखिएको छ–‘‘अभिव्यक्तिको घोर भत्सर्ना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भी ध्यानाकर्षण गर्दछ ।

त्यसैगरी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि वैद्यलाई फौजदारी कसुरमा कारबाहीको माग गरेका छन् ।

नेपाली कांग्रेसले पनि शनिबार नै विज्ञप्ति जारी गर्दै सांसद वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको जानकारी गराईसकेको छ ।

यो पनि पढ्नुहोस

प्रदेश सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न कांग्रेसको निर्देशन

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);