एमाले जनसंगठनद्धारा कांग्रेस नेता नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न गृहलाई ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८०, आइतबार

एमाले जनसंगठनद्धारा कांग्रेस नेता नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न गृहलाई ज्ञापनपत्र

काठमाडौँं। एमाले जनसंगठनद्धारा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध बोल्ने नेपाली कांग्रेसका सांसद् नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन्। सोमबार एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएको भन्दै सांसद् वैद्यलाई तत्काल पक्राउ गर्न माग गरेका हुन् ।

उनीहरुले गृहमन्त्री खगराज अधिकारीलाई भेटी वैद्ययको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले सोमबार गृहमन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले आफ्नो सांसदले आपत्तिजना अभिव्यक्ति दिँदा पनि नेपाली कांग्रेसले अझै मौनता साँधेको भन्दै विरोध समेत जनाएका हुन्। उनीहरुकोज्ञापनपत्रमा लेखिएको छ , ‘कांग्रेस हत्या हिंसामा विश्वास नगर्ने पार्टी हो भने र संसदीय मूल्य मान्यता र संसदको गरिमा कायम राख्न निज वैद्यलाई अविलम्ब सांसद पदबाट हटाउन माग गर्दछौं’
यस्तो छ ज्ञापनपत्र

Leave a Reply