७ बर्ष पछि बेगवानी दम्पती हत्या काण्डको हत्यारा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

७ बर्ष पछि बेगवानी दम्पती हत्या काण्डको हत्यारा पक्राउ

सप्तरी । सप्तरी हनुमाननगरमा २०७१ जेठ २१ गत्ते भएको बेगवानी दम्पती हत्या काण्ड ( खुनडाँका ) को हत्यारा लाई आइतबार७ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ। सप्तरी साबिक हनुमाननगर ५ निवासी ५५ बर्षिय प्रेम सुख बेगवानी र उनको ५२ बर्षिय श्रीमती सरोज बेगवानी रातको समयमा सुतेको बेला धारीलो हतियार प्रहार गरी हत्या तथा घर भित्र रहेका नगद, सुनचाँदीका गरगहनाहरु लगायत रु ५० लाख समेत डाँका गरी लगेको ८ जना मध्ये तत्कालिन समयमा ६ जना पक्राउ परेको र अन्य फरार रहेका प्रतिवादी मध्ये सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं।०१ निवासी ३४ बर्षिय बब्लु मण्डललाई आज प्रहरीले गोप्य सुचनाको आधारमा पक्राउ गरेको छ।

पक्राउ परेका मण्डललाई जिल्ला अदालत सप्तरीमा उपस्थित गराउने कार्य भईरहेकोे जिल्ला प्रहरी कार्यालय सप्तरीकाप्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । (२०७७।०७८ सालमा हाल सम्म अदालतबाट फैसला भई फैसला कार्यान्वयन अन्तर्गत फरार रहेका प्रतिवादीहरु जम्मा १ हजार छ जना , जस्मा २ सय बर्ष ५ महिना ६ दिन कैद र जम्मा रु १ करोड ३ लाख ९३ हजार ६ सय २३ जरिवानाका फरार प्रतिवादी पक्राउ गरी सम्मानित अदालत दाखिला गरी फर्छौट गरेको, र जस मध्ये फैज्दारी मुद्दा अन्तर्गत १६४ र देवानी तर्फ ८४२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी समेत दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);