उदयपुरमा रुखको हाँगाले लागेर एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उदयपुरमा रुखको हाँगाले लागेर एकको मृत्यु

उदयपुर । उदयपुर त्रियुगा नगरपालीका ७ मा रुख काट्ने क्रममा रुखको हाँगाले टाउकोमा लागि एक जनाको मृत्यु भएको छ।

आइतबार दिउसो उदयपुर त्रियुगा नगरपालीका ७ स्थित पानीतारेमा रहेको बागेश्वरी सामुदायिक वन उपभोक्ता समितिले डिभिजन वन कार्यालय गाईघाट उदयपुरबाट कटान आदेश लिई रुुख काट्ने क्रममा रुुखको हाँगाले टाउकोमा लागि खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालीका ८ धितुङ निवासी सरोज राईको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको शव पोस्टमार्टमको लागि अस्पताल लगिएको छ भने घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);