उदयपुरमा खोलाले बगाएर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

उदयपुरमा खोलाले बगाएर एक जनाको मृत्यु

सुमन रायमाझी
उदयपुर । उदयपुर चौदण्डीगढी नगरपालीका ७ बेल्टार स्थित द्धवार खोलातर्ने क्रममा खोलाले बगाउँदा शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौदण्डीगढी नगरपालीका ७ स्थित मदन चोक निवासी ६५ बर्षिय गुमशेर राई रहेको छन् ।

बेल्टार स्थित द्धवार खोलातर्ने क्रममा अचानक खोलाले बगाई बेपत्ता भएपछी ईलाका प्रहरी कार्यालय बेल्टार प्रहरीले खोज तलास गर्ने क्रम्मा घट्ना स्थलबाट २०० मिटर तल मृत्त अवस्थामा राई फेला परेको हो।

मृतकको शव पोस्टमार्टमको लागि अस्पताल पठाईएको छ ।

त्रियुगा लगायत अन्य खोलाहरु र आसपासको बाढी आउन सक्ने, तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले अनुरोध समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);