ट्याक्टरले किचेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ट्याक्टरले किचेर एक जनाको मृत्यु

झापा, १५ चैत । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका–२ का २८ वर्षीय रुपेश लामगादे छन् ।

शनिवार राती पौने १० बजेको समयमा मदन भण्डारी राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदैगरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार रहेका लामगादे अचानक ट्याक्टरबाट झर्दा ट्याक्टरको पछाडिको चक्काले किचेर घाईते भएका थिए ।

घाइते भएसँगै उपचारका लागि बेल्टार अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);