ट्याक्टरले किचेर डोटीमा एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ट्याक्टरले किचेर डोटीमा एक बालकको मृत्यु

डोटी, २७ फागुन । डोटीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–४ मा से २ त ९०८ नम्बरको ट्याक्टरले राजपुरको सडक किनारमा मासुको व्यापार गर्दै आएका शिद्धराज खातीका २ वर्षिय छोरा विश्वासलाई किचेको हो ।

उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरसहित चालक बालकृष्ण रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);