छुट्टै लेन र उपयुक्त वातावरण नहुँदा साइकलयात्री जोखिममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

छुट्टै लेन र उपयुक्त वातावरण नहुँदा साइकलयात्री जोखिममा

cycle

किशन भण्डारी

काठमाडौं, २७ फागुन । साइकल यात्रा वातावरणका साथै स्वास्थ्यका लागि पनि उपयुक्त मानिन्छ । तर, छुट्टै लेन र उपयुक्त वातावरण नहुँदा साइकलयात्रीहरु जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

कठमाडौंको धुल्लाम्य र खाल्डाखुल्डी भएको सडक त्यसमा पनि मुख्य सडकमै साइकल कुदाउनुपर्ने बाध्यताका कारण साइकल यात्रा जोखिमपूर्ण छ ।

जसका कारण स्वास्थ्यका लागि फाइदाजनक मानिएको साइकल यात्र झनै अस्वस्थकर बन्दै गएको छ । बेलाबखत सरकारले साइकलयात्राका लागि छुट्टै लेन निर्माण गरी सहज बनाउने बताए पनि व्यवहारमा त्यस्तो देखिएको छैन ।

योजना बनाउने तथा कार्यान्वयन नहुने प्रवृति हावी भइरहेका बेला पुनः जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले छुट्टै सुविधाजनक साइकल लेन बनाउने बताउँछन् ।

मन्त्री पण्डितको विगतको कार्यशैलीका कारण उनले गरेको बाचाले साइकलयात्रीहरुमा आशा पलाएको छ । साइकल यात्राका लागि सरकारले छुट्टै लेन बनाउन तदरुकता देखाए वातावरण प्रदुषणमा पनि कमी आउने अपेक्षा गर्न सकिन्छ ।
क्यामेरामा बिपिन अर्यालका साथमा , काठमाडौं ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);