काठमाडौंलाई साइकल सिटी बनाउने योजना कता हरायो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौंलाई साइकल सिटी बनाउने योजना कता हरायो ?

फूलमाया आले

काठमाडौं, १८ फागुन । काठमाडौंमा सवारीसाधनको चाँप बढ्दै जाँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कुुनै समय ‘अलकापुुरी कान्तिपुुरी नगरी’को उपमा पाएको काठमाडौं अहिले अत्यधिक सवारी चाँपकै कारण प्रदूषित, दुर्गन्धित र अस्तव्यस्त शहर बन्न पुगेको छ ।

यो दुरावस्थाबाट काठमाडौँलाई मुक्ति दिलाउन काठमाडौँ महानगरपालिकाले साइकल सिटीको अवधारणा अघि सारेको छ । तर, विज्ञले भने काठमाडौँ साइकल सिटी हुने सम्भावना नरहेको बताएका छन् ।

विभिन्न अध्ययनहरुका अनुसार पछिल्लो समयमा काठमाडौंमा साइकल यात्रीहरुको संख्या बढेको छ । तर, यो संख्या साइकललाई यातायात साधन बनाउने भन्दा पनि शोख र शारीरिक अभ्यासका रुपमा प्रयोग गर्नेहरुका कारण बढेको देखिन्छ ।

साइकल प्रयोगले शारीरिक, मानसिक रुपमा फाइदा गर्ने, वातावरणीय प्रदूषण घट्ने, ध्वनि प्रदुषण नहुने लगायतका फाइदा हुन्छ । त्यसैले पनि काठमाडाैंलाई साइकल सिटी बनाउने प्रक्रिया अगाडि बढाइएको काठमाडौँ महानगरपालिकाको भनाइ छ । महानगरले साइकल लेन बनाउन कै लागि २ करोड रुपैयाँ बजेट छुट्याइसकेको छ ।

महानगरले साइकल सिटीको योजना अघि सारिरहँदा साइकल प्रयोगका लागि काठमाडौँको सडक र पूर्वाधारको अवस्था भने नाजुक रहेको छ । काठमाडौंका सडक जुन ढंगले फराकिलो बनिरहेको छ, सोही अनुरुप साइकलमैत्री बन्न सकेको छैन । सडकमा साइकल लेन नै छैन । भएका ठाउँहरु पनि फुटपाथे पसल, पैदल यात्री र मोटरसाइकलवालाले प्रयोग गरिरहेका छन् ।

पूर्वाधारविज्ञ डाक्टर सूर्यराज आचार्य काठमाडौंमा वैकल्पिक यातायातको रुपमा साइकल सम्भव नरहेको बताउँछन् । काठमाडौँलाई साइकल सिटी बनाउन पर्याप्त पूर्वाधार नभएको कारण साइकल सिटी सम्भव नभएको उनको तर्क छ । उनका अनुसार साइकल खेलका रुपमा विकल्प भएपनि वैकल्पिक यातायात हुन सक्दैन ।

महानगरले खोलाको किनारमा साइकल लेन बनाउने जनाएको छ भने आगामी दिनमा सडक विभागसँग समन्वय गरेर सडक विस्तार गर्दा नै साइकल लेन बनाउने जनाएको छ । माइतीघर, तीनकुने सडक खण्डमा साइकल लेन बनेको छ । २०७० साल असोजमा साइकल लेनको उद्घाटन पनि भयो ।

तर, लेन साइकल होइन, मोटरसाइकल र पैदलयात्रीको कब्जामा छ । काठमाडौँलाई साइकल सिटी बनाउन सक्ने हो भने अहिलेको सडक चाप र यसको व्यवस्थापनमा ठूलै टेवा मिल्न सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);