साइकल मैत्री सडकको अभावले साइकल यात्रीलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

साइकल मैत्री सडकको अभावले साइकल यात्रीलाई सास्ती

cycle lane

काठमाडौं, ८ कात्तिक । काठमाडौं उपत्यका धुलो धुवा र प्रदुषणको चपेटामा छ । सवारी साधनको अत्यधिक चापका कारण उपत्यकामा वायु प्रदुषण बढ्दो छ । प्रदुषण न्यूनीकरणका विभिन्न उपायमध्ये साइकलको प्रयोग उपयुक्त विकल्प हुन सक्छ । तर उपत्यकामा साइकलमैत्री सडकहरु छैनन् । साइकल यात्रीहरु जोखिम मोलेरै सडकमा यात्रा गर्न बाध्य छन् ।

काठमाडौं उपत्यकामा साइकल मैत्री सडकको अभाव छ । बेलाबेलामा सडक विस्तार गरेपनि साइकल लेन निर्माणमा ध्यान दिइएको पाइदैन । वातावरण स्वच्छतासंग जोडिएको साइकल लेन नहुदा साइकल यात्रीलाई अप्ठेरो पर्ने गरेको छ र साइकल यात्रा नै असुरक्षित बन्दै गैरहेको छ ।

उपत्यकामा साइकल लेन नभएका सडक त अस्तव्यस्त नै छन् । तर साइकल लेन सहित बनाइएको माइतीघर तीनकुने सडक खण्डमा पनि अवस्था उस्तै छ । त्यहाँ बनाइएको साइकल लेन पनि पैदलयात्रुले मात्र प्रयोग गर्ने गरेका छन् । नेपालमा साइकलको प्रयोगलाइ सरकारले नै महत्व नदिएको विज्ञहरुको गुनासो छ ।

सरोकारवाला निकाय काठमाडौ महानगरपालिकाले भने साइकललेनलाइ महत्व नदिएको नभई यससम्बन्धमा काम भैरहेको बताउदै आएको छ । यो आर्थिक वर्षमा मात्र काठमाडौं महानगरपालीकाले ५० लाख बजे छुट्याएको छ ।

साइकल संस्कृतिको विकासको लागि साइकल मैत्री सडक अनिवार्य शर्त हो । साइकल संस्कृतिले वायु प्रदुषण कम त गर्छ नै इन्धन आयातमा हुने खर्च पनि कम हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);