ललितपुर महानगरमा साइकल लेनको सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललितपुर महानगरमा साइकल लेनको सुरुवात

cycle lane lalitpur suru

ललितपुर, १४ मंसिर । ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनाई संचालनमा ल्याएको छ ।

शनिबार महानगरपालिकाले एक कार्यक्रमका बीच कुपन्डोल, पुल्चोक,जावलाखेल,लगनखेल हुँदै मंगलबजारसम्म र कुपन्डोल,पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि साइकल लेन व्यवस्था गरेको बताएको छ । चालु सडकमा नै छुट्याइएको साइकल लेन १ दशमलव ५ मिटर चौडाइकोे छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकालाई साइकलमैत्री सडक बनाउने अभियानको थालनी भएको बताउनु भयो । महर्जनले साइकल लेनले शिवपुरी र फुलचोकी जोड्न चाहेको पनि बताउनु भयो ।

अहिले पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट दरबार क्षेत्रमा आउन चारवटा साइकल लेन बनाउने योजना रहेको महानगरले बताएको छ । अहिले व्यवस्था गरिएको साइकल लेनमा अन्य सवारी साधनसँग मिलेर चलाउनु पर्ने हुन्छ ।

cycle lane lalitpur

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);