तराईमा हर्षोल्लासकासाथ मनाईयो होली | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

तराईमा हर्षोल्लासकासाथ मनाईयो होली

काठमाडौं, १८ फागुन । तराईमा धुमधामका साथ होली पर्व मनाइएको छ । काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा होली मनाइएको भोलीपल्ट तराईका जिल्लामा फागू पर्व मनाउने गरिन्छ । बर्षभरीको बैरभाव बिर्सेर रंग अविर साट्ने, मिठोमसिनो खाने–खुवाउने गरेर तराईमा होली पर्व मनाइएको छ ।

रंगहरुको पर्व फागु अर्थात होली तराईका जिल्लाहरुमा हर्षोल्लासकासाथ मनाइएको छ । चोकचोकमा भेला भएर रंग, अबिर दलेर नाचगानसहित तराईमा होली पर्व मनाइएको हो । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा मनाइएको भोलीपल्ट तराईका जिल्लामा फागू पर्व मनाउने गरिन्छ ।

फागु पर्व एकआपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर मनाउने गरिन्छ । बर्षभरीको बैरभाव बिर्सेर रंग अविर साट्ने, मिठोमसिनो खाएर तराईमा होली मनाइन्छ ।

होलीका अवसरमा आधुनिक शैलीका गीतहरु घन्काइएको थियो। गाउँमा परम्परागत भाकाका ‘होरी’ अर्थात होली बिशेष गीत संगीतबाट रमाइलो गरिएको थियो । होली पर्वमा एक अर्कासंग प्रेम र सद्भाव साट्ने प्रचलन छ । एक आपसमा सम्बन्ध बिग्रिएको भए पुराना कुरालाई बिर्सेर सम्बन्ध नवीकरण गर्ने अवसरका रुपमा पनि होलीलाई लिइन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्यकश्यपुले बिभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भएको प्रसंग यो पर्वसँग जोडिएको छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको जनविश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);