आज रंगहरुको पर्व होली, यसका महत्व र विशेषता यस्ता छन् | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

आज रंगहरुको पर्व होली, यसका महत्व र विशेषता यस्ता छन्

holi

प्रतिक्षा शर्मा

काठमाडौं, ६ चैत । आज रंगहरुको पर्व होली । काठमाडौं उपत्यकासहितका पहाडी जिल्लामा आज एक अर्कालाई रंग दलेर हर्सोल्लासपूर्वक शुभकामना आदानप्रदान गर्दै होली पर्व मनाइदै छ । बृद्ध देखि युवायुवती र बालबालिकासम्मले एक अर्कार्लाइ रंग दलेर मनाइने यो पर्व हिन्दुहरुका मूख्य पर्व मध्येकै एक हो । तर पछिल्लो समय होली भड्किलो शैली तथा भद्दा मनोरञ्जनले होली पर्वमा विकृतिहरु पनि देखिन थालेका छन् । त्यसैले प्रशासनले उच्छृंखल गतिविधि रोक्न विशेष सर्तकता अपनाएको छ ।

बुधबार रंगहरुको पर्व होली । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीलाई फागु, फागु पूर्णिमासहितका नामले पनि चिनिन्छ । धार्मीक तथा सामाजिक सांस्कृतिक महत्व रहेको पर्व होली काठमाडौंसहित पहाडी जिल्लाहरमा हर्सोल्लासका साथ मनाइएको छ । तराईका जिल्लामा भने फागुन शुक्ल पूर्णिमाको एकदिन पछि अर्थात बिहिबार मनाइन्छ ।

आपसी भाइचारा सदभाव साटासाट गरेर रंगहरुसँगै खेलीने होलीमा प्रयोग हुने सात रंङको आआफ्नै महत्व छ । शान्ति, सदभाव, मात्रीत्वसहितका सन्देश बोकेका रंगहरु लगाएर मनाइने पर्व विगतका दुःख भूलेर रमाउने पर्वका रुपमा समेत विकास भएको छ ।

सांस्कृतिक निरन्तरता पाइरहेको हामीको धार्मीक महत्व पनि रहेको छ । त्रेता यूगमा भगवना विष्णुका परंमभक्त हिरण्यकष्यपु पुत्र प्रल्हादलाई मार्न उनकै फूपु होलीकाको प्रयोग भएको र होलीका आफै जलेर नष्ट भएको कथासँग जोडिएको होली असत्यमाति सत्यको विषयको रुपमा पनि मनाइने धार्मीक विश्वास छ । राती होलिकाको दहन भएपछि विहान मानीसहरुले एकआपसमा रंग दलेर दुसी साटासाट गरेको धार्मिक विश्वास रहेको छ ।

यस्तो धार्मिक महत्वको पर्वलाई पुराना कटुता भूलेर मित्रता विस्तारको दिनको रुपमा समेत मनाउने गरिएको छ । युवा युवतीहरु गित गाउँदै नाच्ने र रमाउने गर्छ भने हरेक उमेरका मानिस यो पर्वमा आआफ्नै ढंगले रमाउने गरेका छन् । धार्मिक र सांस्कृतिक महत्वको यो पर्व पछिल्लो समयमा भने हानिकारक रसायनयुक्त रंगको प्रयोग, लोलाको प्रयोग, फोहोर पानी तथा उछृङ्खल गतिविधिका कारण नकारात्मक पहिचान बनाउँदै गएको छ । त्यसैले छालाको सम्पर्कमा आउनासाथ यसले छालालाई विभिन्न किसिमले हानी गर्छ । त्यसैले, डाक्टरहरुले होलीमा प्राकृतिक र हर्वल रंगको प्रयोग गर्न सुझाव दिन्छन् ।

होलीका समयमा कव्यवस्थित रमाइलो गर्न नसक्दा मानिसको स्वतन्त्रतामा प्रश्न उठाउने तथा दुर्घटना निम्त्याउने गतिविधिसमेत हुने गरेका छन् । त्यसैले नेपाल प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि विशेष अभियान नै संचालन गरेको छ ।

होली सुरक्षाकै चुनौती हुने भएपनि नेपाल प्रहरीले उपत्यकामा एकहजार भन्दा बढी प्रहरी परिचालन गरेको छ । त्यस बाहेक पनि विशेष समस्या आएमा परिचालनका लागि महानगरिय प्रहरी महाशाखाले थप प्रहरीलाई समेत स्ट्यानण्डबाइ राखेको छ ।

पहाडमा बुधबार मनाइएको होली बिहिबार तराईका जिल्लामा थप हर्सोल्लासपूर्वक मनाइने गर्छ । सबै उमेरका मानिसहरु भेला भएर जोगिरा गाउँदै मनाउने पर्व तराई मधेसका मुख्य पर्वकै रुपमा रहेको छ । हरेक पर्वका धार्मिक र सांस्कृतिक महत्व छन् र तीनका सिमाहरु पनि छन् । सिमाभित्र रहेर सांस्कृतिक पर्व मनाउँदै गए यसले पर्वको महत्वसँगै मात्रीत्व र प्रेम पनि बढाउने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);