तराईका जिल्लामा आपसमा रंग दलेर धुमधामसाथ होली पर्व मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तराईका जिल्लामा आपसमा रंग दलेर धुमधामसाथ होली पर्व मनाईंदै

तराईमा आज धुमधामका साथ होली पर्व मनाईदै छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बिहीबार होली मनाइए पनि तराईका जिल्लामा फागू पूर्णिमाको भोलिपल्ट होली मनाउने गरिन्छ । 

holi

काठमाडौं, १८ फागुन । तराईमा आज धुमधामका साथ होली पर्व मनाईदै छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बिहीबार होली मनाइए पनि तराईका जिल्लामा फागू पूर्णिमाको भोलिपल्ट होली मनाउने गरिन्छ । काठमाडौंमा बसोबास गर्दै आएका तराईका जिल्लाका नेताहरु होली मनाउनका लागि आ आफ्नो जिल्ला पुगेका छन् ।

होली मनाउन आज तराईका जिल्लामा सार्वजनिक विदा दिइएको छ । वसन्त ऋतुको आगमनको शुरुवातमा पर्ने फागु पर्व एकआपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकार्कामा रङ दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भएको प्रसंग यो पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको जनविश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);