आज तराई जिल्लामा होली पर्व, धुम धामका साथ मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज तराई जिल्लामा होली पर्व, धुम धामका साथ मनाइँदै

tarai holi

काठमाडौं, ७ चैत । आज फाल्गुन शुक्ल पूर्णिमा तिथी तराई जिल्लामा धुम धामका साथ फागु अर्थात् होली पर्व मनाइँदैछ ।

भक्त प्रह्लाद विष्णुभक्त भएको आक्रोशमा बाबु हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा होम्न भनि बहिनी होलिकालाई जिम्मा दिएको र दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा च्यापेर अग्नि कुण्डमा प्रबेस गर्दा, अग्नीले धर्मको साथ दिई होलिका जलेर नष्ट भएको खुसियालीमा, आपसमा रङ्ग र अविर दलेर होली पर्व मनाउने परम्परा चलि आएको छ ।

साथै होली पर्व रतिराग, प्रेम, सौन्दर्य र यौवनतासँग पनि सम्वद्ध रहेको मानिन्छ । उपत्यका लगायत पहाडी जिल्लामा बुधवार होली मनाईयो भने तराई क्षेत्रमा आज निकै हर्षोउल्लासका साथ होली पर्व मनाइदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);