पाईपलाईन विस्तार गर्न पर्सा निकुञ्ज भित्रको रुख काट्ने काम पुन: सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पाईपलाईन विस्तार गर्न पर्सा निकुञ्ज भित्रको रुख काट्ने काम पुन: सुरु

Pipe Line Rukh Katan

श्याम गुप्ता

बारा, ७ चैत । भारतको मोतिहारीदेखि अमलेखगंजसम्म पेट्रोलियम पाईपलाईन विस्तार गर्न पर्सा राष्ट्रिय निकुञ्ज भित्रको रुख काट्ने काम शुरु भएको छ । दुई साता अघि निकुञ्जको जंगलमा रुख काट्न सुरु भए लगत्तै स्थानीयसँग विवाद भएर रोकिएको काट्ने काम पुन : सुरु भएको हो ।

जंगल कै कारण रोकिएको पाईपलाईन विस्तार मन्त्रिपरिषदको निर्णय आए लगत्तै टिम्बर कर्पाेरेशनले गएको फागुन १५ गतेदेखि निकुञ्जमा रुख कटान शुरु गरेको थियो । रुख कटानको जिम्मेवारी पाएको टिसीएनले निकुञ्ज भित्र पर्ने नौ किलो मिटरमा रहेको रुख काट्न सुरु गरेको थियो । तर, स्थानीयले काटिएको रुख र काम आँफैले पाउनु पर्ने अडान राखेपछि काम रोकिएको थियो ।

आयल निगमका केन्द्रिय पदाधिकारी र परियोजनाको प्रयासमा स्थानीयसँग विवाद साम्य गरी दुई सातापछि सोमबारबाट रुख कटान फेरि सुरु भएको हो ।

भारतको मोतीहारीबाट आउने पाईपलाईन भारततर्फ विस्तारको काम दुई महिना अघिनै सम्पन्न भईसकेको छ भने नेपालमा मात्र नौं किलोमिटर विस्तार बाँकी रहेको छ । निकुञ्ज भित्र पर्ने नौ किलो मिटर जंगलका रुख काट्न मन्त्रिपरिषदको निर्णय र अनुमति पर्खेर बस्दा पाईपलाईन विस्तार दुई महिना ढिलो हुन पुगेको थियो ।

रुख कटान र पाईपलाईन विस्तारको काम ४५ दिन भित्र सकाउने लक्ष्य लिइएको छ । अब तीन महिना भित्र पाइप बिछ्याउने काम सकाएर परिक्षणका कामहरु समेत सकिने आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए ।

भारतको रक्सौल सिमाबाट नेपाल भित्र पर्ने २७ किलोमिटर पाईप ओछ्याउने काम सम्पन्न भईसकेको छ । निकुञ्जको वन क्षेत्र नौ किलोमिटर भित्र ६ हजार पाँच सय ६३ ठूला रुख र आठ हजार १६ स–सना रुखहरु रहेका छन् । बजार क्षेत्र र जंगल कै कारण ढिलो हुँदा परियोजनाको लागत समेत बढेको छ । सुरुमा दुई सय ७५ करोड भारतीय रुपैयाँमा सम्पन्न हुने लक्ष्य रहेको परियोजनाको लागत तीन सय २४ करोड पुगेको आयोजनाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);