महामन्त्री शशांक कोइरालाको नाममा सहमति जुटाउने प्रयास | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

महामन्त्री शशांक कोइरालाको नाममा सहमति जुटाउने प्रयास

congress sarkar

कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मतिको प्रयास

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका दोस्रो तहका नेताले संसदीय दलको नेतामा सर्वसम्मतिको प्रयास थालेका छन् ।

सर्वसम्मतिमा नेता चयन गर्दा सकारात्मक सन्देश जाने भन्दै नेताहरु प्रदीप गिरी, नारायण खड्का लगायतले सर्वसम्मतिको प्रयास थालेका हुन् ।

सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, महामन्त्री शशांक कोइरालाको नाममा सहमति जुटाउने प्रयासमा नेताहरु लागेका छन् । कोइलाले सर्वसम्मति भए आफू संसदीय दलको नेता बन्न तयार रहेको बताउँदै आएका छन् ।

नेता सिंहले भने अन्य नेतामा सर्वसम्मति भए समर्थन गर्ने तर चुनाव हुने अवस्थामा आफूले पनि उम्मेदवारी दिने बताएका छन् । संघीय संसद्मा ७६ सिट जितेको कांग्रेसमा सभापति देउवाको पक्षमा प्रस्ट बहुमत रहेको नेताहरूले बताएका छन् ।

प्रतिनिधिसभातर्फ ६३ मध्ये ४३ सांसद आफ्नो पक्षमा रहेको देउवा पक्षको दाबी छ । देउवा पक्षीय नेताहरूका अनुसार पौडल पक्षसँग १७ र सिटौला पक्षसँग तीन सांसद छन् । राष्ट्रियसभामा निर्वाचित १३ जना सांसद सभापतिको पक्षमा रहेको दाबी देउवा पक्षीय नेताहरूले गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);