भिड्दै देउवा र सिंह, देउवाका दूत असफल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भिड्दै देउवा र सिंह, देउवाका दूत असफल

deuwa simha

काठमाडौं, २१ फागुन । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन्।सिंहदरबारस्थित संसदीय दलको कार्यालयले प्रकाशन गरेको निर्वाचन कार्यतालिकाअनुसार अपराह्न ६ देखि ७ बजेसम्म देउवा र सिंहले मात्र दलको नेतामा नाम दर्ता गराएका हुन्। सोमबार १० देखि १ बजेसम्म मतदान हुने र मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।

देउवाले कांग्रेस नेता बालकृष्ण खाँणलाई उम्मेदवारी दर्ताका लागि वारेसनामा दिएका थिए। उनको उम्मेदवारीको प्रस्तावक विजयकुमार गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा छन्। छोरा जयवीरसिंह देउवाको व्रतबन्धमा दिनभर व्यस्त रहेकाले देउवाले वारेसनामामार्फत उम्मेदवारी दिएका हुन्। अर्का प्रत्याशी सिंहले भने आफैँ संसदीय दलको कार्यालय सिंहदरबार गएर उम्मेदवारी दर्ता गराएका हुन्। सिंहको प्रस्तावक पार्टी कोषाध्यक्ष सीतादेवी यादव र समर्थक पूर्वमन्त्री सञ्जयकुमार गौतम छन्।

सभापति देउवाले आफूलाई सर्वसम्मत गराउन कसरत गरिरहेका छन्। उनले आफ्ना प्रत्याशी सिंहलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिनेसम्मका प्रस्ताव पठाएको स्रोत बताउँछ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफ्नो पक्षको भूमिकालाई निरन्तरता दिन सिंहको उम्मेदवारीमा कुनै प्रकारको सम्झौता नगर्ने बताएका छन्। कांग्रेस सभापति देउवा संसदीय दलको नेतामा सर्वसम्मत हुँदा आफ्नो पक्षको अस्तित्व नरहने आकलन गर्दै पौडेल पक्षले सिंहको उम्मेदवारी दर्ता गराएको हो। देउवाको पक्षमा करिब ४० जना रहेको दाबी उनका समर्थक विश्वकर्मा गर्छन्। पौडेल पक्षले पनि आफूहरूसँग २५ मत रहेको दाबी गरेको छ।

देउवाका दूत असफल

सभापति देउवाका विशेष दूत गोपालमान श्रेष्ठ र रमेश लेखक पार्टी संसदीय दलको नेतामा देउवालाई सर्वसम्मत गराउन असफल भएका छन्। उनीहरूले वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता डा. रामशरण महतलगायतसँग २४ घण्टायता पटक(पटक वार्ता गरे पनि दलको नेतामा सर्वसम्मति हुन सकेन। देउवाको विशेष सन्देशसहित पौडेलनिवास बोहराटार पुगेका लेखकले सर्वसम्मति गर्न आग्रह गर्दै उपनेतामा आफ्नो पक्षीय नेता पठाउन प्रस्ताव गरेको स्रोतले जनाएको छ।

‘सभापतिको नाममा सर्वसम्मति गरौं, उपनेतामा तपाईंको पक्षलाई दिन्छौं’, लेखकले प्रस्ताव राखेका थिए। तर, पौडेलले अबको कांग्रेस देउवाबाट चल्न नसक्ने जवाफ दिएको स्रोतको दाबी छ। पार्टीको समग्र पक्षको सुधारमा देउवा असफल भइसकेकाले तत्काल पदको लोभ त्याग्न सक्नुपर्नेमा पौडेलले जोड दिएका थिए। पौडेल पक्षीय महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भए मात्र दलको नेता हुने धारणा व्यक्त गर्दै आएका छन्। उनले सोही धारणामा प्रतिबद्ध रहँदै दलको नेतामा उम्मेदवारी दिएनन्। डा. महतले पनि श्रेष्ठ र लेखकलाई निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिँदै प्रजातान्त्रिक मूल्य मान्यतामा सभापतिलाई हिँडाउन आग्रह गरेका थिए। आजको अन्नपुर्णपोष्टमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);