देउवा र पौडेलबीच के कुरामा भयो सहमती ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

देउवा र पौडेलबीच के कुरामा भयो सहमती ?

काठमाडौं । कांग्रेसको संसदीय दलको नेताका लागि करिब एक दर्जन आकांक्षी देखिएका थिए । तर, मनोनयन दर्ता भने दुई जनाले मात्र गराए । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन् भने सभापति देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् ।

संस्थापनइतर समूहका डा.शेखर कोइराल र महामन्त्री थापाबीच लामो छलफल भएको थियो । छलफलका क्रममा उनीहरु बीच ‘गीब एण्ड टेक’मा सहमति भएको बताइएको छ । १५औं महाधिवेशनमा सभापतिका लागि गगनले कोइरालालाई समर्थन गर्ने सहमति भएको बुझिएको छ । प्रधानमन्त्रीको दौडमा रहेका कोइराला अन्ततः गगनको प्रस्तावक बनेर आएका छन् । उनको यस कदमलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उता संस्थापन पक्षमा प्रधानमन्त्रीको दौडमा रहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको रेसबाट हटेका छन् । उनी पनि देउवाको प्रस्तावकको रुपमा आएका छन् । गगन र शेखरबीच भएको सहमती बाहिर आएपनि देउवा र पौडेलबीच के कुरामा सहमति भयो भन्ने बारे खुलाइएको छैन् । प्रधानमन्त्रीको रुपमा दाबेदार रहेका पौडेलले कुनै विशेष सर्तबिना देउवालाई समर्थन गर्ने अवस्था थिएन् । यसकारण पौडललाई देउवाले के लोभ देखाएका छन् ? भन्ने सबैको चाँसोको विषय बनेको छ । स्रोतका अनुसार देउवाले विशेष पदको प्रस्ताव गरेपछि पौडेल देउवालाई समर्थन गर्न तयार भएका हुन् ।

कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा र गगन थापाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । संसदीय दलको नेताको लागि उम्मेदवारी दिएका महामन्त्री गगनकुमार थापालाई कांग्रेसका प्रभावशाली युवा नेताहरूको समेत समर्थन देखिएको छ ।

कृष्णप्रसाद सिटौला समूहका प्रदिप पौडेल र डा. सशांक कोइराला पक्षका दिपक गिरी समेत गगनको पक्षमा देखिएका छन् । प्रदिप कांग्रेको १४औं महाधिवेशनमा सिटौला पक्षबाट महामन्त्री उम्मेद्वार थिए । दाङबाट निर्वाचित सांसद दिपक गिरी सशांक पक्षका हुन् । उनी पछिल्लो समय शेखर पक्षसँग नजिकिएको बुझिएको छ ।

संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बनेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेका छन् । कांग्रेसका प्रदीप पौडेल, मिनेन्द्र रिजालसमेतले थापालाई साथ दिएका छन् । जसमा मिनेन्द्र सांसद भने होइनन् । तर, उनीनिकट सांसदहरूसँग गगनको पक्षमा मत मागिरहेका छन् ।

कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएको छ । यद्दपि, संसदीय दलमा सभापति देउवाको बहुमत रहेको आँकलन छ ।
भोलि बिहान ८ देखि १० बजेसम्मका लागि संसदीय दलको निर्वाचन तय गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);