कांग्रेसका वरिष्ठ नेता पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कांग्रेसका वरिष्ठ नेता पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बस्दै

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक आज बस्ने भएको छ ।

आगामी भदौं १६ गते तय भएको १४ औं महाधिवेशनका सन्दर्भमा नेता पौडेलले आफु पक्षिय केन्द्रीय सदस्यहरुसँग छलफल गर्न लागेकाे हो । गत शनिबार यता सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गर्दै सक्रियता बढाएसँगै पौडेलको पनि सक्रियता देखिएको हो ।

आधा दर्जन नेता सभापतिको आकांक्षी देखिएको पौडेल पक्षमा महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापति उठ्ने बताइरहेका छन् ।

उता वर्तमान सभापति देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरी सभापतिमा दोहोरिने बताइसक्नुभएको छ भने, देउवा पक्षका नेताहरु बिमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि सभापतिको उमेद्वार बन्ने बताउनुभएक छ ।
०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);