कास्कीमा पौडेल पक्षका जति धेरै उम्मेदवार सस्थापनलाई उति धेरै फाइदा | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

कास्कीमा पौडेल पक्षका जति धेरै उम्मेदवार सस्थापनलाई उति धेरै फाइदा

पोखरा । दशैँअघि हुने भनिएको कास्कीकाे जिल्ला अधिवेसन अन्तिम समयमा स्थगित भएकाे छ । गण्डकीमा तीनवटा जिल्लामा मात्रै जिल्ला अधिवेसन सकिएको छ । हिमाली जिल्ला गोरखा, मनाङ र मुस्ताङमा सर्वसम्मत नेतृत्व चयन भएकाे छ ।

गण्डकीमा आठ जिल्लाको अधिवेशन बाँकी छ । प्रदेश राजधानी रहेको कास्कीमा सस्थापन पक्ष कम्जाेर छ । कास्कीमा पौडेल पक्षकाविरुद्ध पौडेल पक्षकै उम्मेदवार बन्छन् । यसपालिको अधिवेशनमा अन्य गुटका उम्मेदवार पनि आकांक्षी देखिएका छन् । देउवा पक्षका किशोरदत्त बरालले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी हाल नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य हुन् ।

पौडेल पक्षबाट हालका उपसभापति आइबहादुर गुरुङ र क्षेत्र नम्बर ३ का सभापति पोषनाथ शर्मा आकांक्षी छन् । शर्मा यसअघि पनि जिल्ला सभापतिको दावेदार थिए । अन्तिम समयमा उनले शुक्रराज शर्मालाई समर्थन गर्दै क्षेत्रीय सभापतिमा झरेका हुन् । अघिल्लो महाधिवेशनमा स्वतन्त्र रुपमा केन्द्रीय कोषाध्यक्षको उम्मेदवारी दिएर चर्चा कमाएका कृष्ण कार्की यो पटक जिल्ला सभापति लड्ने तयारीमा छन् । उनी तत्कालीन समयमा कोइराला क्याम्पमा थिए । तर पछिल्लो समय देउवातिर ढल्किएको श्रोत बताउँछ ।

सिटौला क्याम्पबाट शेखर कोइरालातिर लागेका हालका सचिव सुदिपमोहन भट्टराई पनि सभापतिको उम्मेदवार छन् । महाधिवेशनको मिति तोक्नु अघि नै उनले उम्मेदवारी दिने बताइसकेका थिए । तरुण दल कास्कीका अध्यक्ष तथा देउवानिकट मनोज गुरुङले सुरुमा उम्मेदवारी दिने बताएपनि अहिले पछि हटेका छन् । तर उम्मेदवारी दिने नदिने अन्तिम निर्णय भने लिएका छैनन् ।

यो अधिवेसनमा व्यक्ति गुटगत भएपनि उम्मेदवार गुटको प्रतिनिधित्व बिना बन्ने देखिएको छ । त्यसो त सभापतिका उम्मेदवारहरू आफ्नो प्यानलका उम्मेदवार खोजी गरिरहेका छन् । पोखरा महानगरमा ६ जना सभापतिको उम्मेदवार बनेकोमा एक जना बाहेक सबै पौडेल पक्षका थिए । पालिकामा पनि देउवा प्यानल विजयी भएन् । पाँच पालिकामध्ये दुई वटामा सर्वसम्मत नेतृत्व चयन भएकाे थियो ।

कास्कीमा पूर्वमन्त्री यज्ञ थापा, पार्टी सभापति कृष्ण केसी, पुराना नेता शुक्रराज शर्माको आ-आफ्नै गुट छ । वौद्धिक मानिएका नेता देबराज चालिसेले पनि गुट विस्तार गरेका छन् । केन्द्रको भन्दा जिल्लास्तरीय नेताको गुटको प्रतिनिधित्व भने चुनावमा देखिने पक्का जस्तै छ । देउवा पक्ष पौडेलतिरका उम्मेदवार धेरै बनाएर आफू जित्ने दाउमा छ । तर महानगरमा पौडेल पक्षका उम्मेदवार धेरै भएपनि देउवा पक्षका गंगाधर पराजुलीले जितेनन् । उनी अन्तिम समयसम्म पनि आफू गुटको उम्मेदवार नभएको बताइरहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);