कांग्रेस संसदीय दलको निर्वाचन आज, ८ बजेदेखि मतदान सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस संसदीय दलको निर्वाचन आज, ८ बजेदेखि मतदान सुरु

काठमाडौं । प्रमुुख सत्तारुढ दल नेपाली कांग्रेसले आज संसदीय नेता चयन गर्न निर्वाचन गर्दैछ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित कांग्रेसका ८९ जना सांसदले निर्वाचन प्रक्रियामा भाग लिनेछन् । सभापति प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मंगलबार उम्मेदवारी दर्ता गरेका  छन् ।

पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बनेका छन् । उनको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।

महामन्त्री थापाको प्रस्तावकमा कांग्रेस नेता डा शेखर कोइराला तथा समर्थकमा पार्टीका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन् ।

संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);