गगन थापाको बैठकमा निगरानी गर्ने दुुईजना समातिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

गगन थापाको बैठकमा निगरानी गर्ने दुुईजना समातिए

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदैछ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र  इतरबाट महामन्त्री गगन थापा चुनावी प्रतिस्पर्धामा छन् ।

चुनावको पुर्वसन्ध्यामा मंगलबार राति थापा बसेको लाजिम्पाटको एक होटलबाट दुई प्रहरीहरु समातिएका सविनबाबु मुडभरीले जानकारी दिएका छन् ।   थापामाथि संस्थापन पक्षले प्रहरी परिचालन गरेर निगरानी गरेको छ ।
प्रहरी नायव निरिक्षक (सई) सरोज भण्डारी र जवान आशिष क्षेत्रीको परिचयपत्र फेला परेको हो । उनीहरु दुवैजना विशेष ब्यूरोमा कार्यरत छन् ।

थापालाई निरन्तर निगरानी गरिरहेको आशंकामा उनका समर्थकले ति व्यक्तिहरुलाई घेरा हालेका थिए । सोही क्रममा दुवैजनाको साथबाट नेपाल प्रहरीको परिचयपत्र भेटिएको हो । ती दुूई पुरुष मध्ये एक जना प्रहरी

जवान र अर्का प्रहरी नायब निरीक्षक भएको खुलासा भएको छ । दिउँसै देखि महामन्त्री थापाको गाडीलाई मोटरसाइकलले पछ्याइरहेको समर्थकहरुले आरोप लगाएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);