कांग्रेसको महामन्त्रीमा को होला रिङ आउट ? | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कांग्रेसको महामन्त्रीमा को होला रिङ आउट ?

बटुकराज गिरी,
काठमाडौं ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि पहिलो, दोस्रो हुदैं युवा पुस्ता समेत नेतृत्वको दौडमा उत्रिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेलदेखि एक दर्जन भन्दा बढी नेताहरु सभापतिको आकांक्षी छन् ।

झण्डै ६ बर्षपछि सुरु हने कांग्रेसको महाधिवेशनमा विभिन्न तहमा उमेदवारी घोषणा गर्ने प्रतिस्पर्धा पनि चलिसकेको छ ।

सभापति सँगसँगै महामन्त्रीको उमेद्वारप्रति पनि सबैको चासोे बढेको छ । स्वभाविक छ किनकी यो पटक महामन्त्रीमा ३ युवा नेताहरुको भिडन्त हुने देखिन्छ ।

महामन्त्री पदका लागि कांग्रेसका ३ जना युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा र प्रदिप पौडेल अघि सरेसंगै यसप्रति आमचासो बढेको हो । पार्टी प्रवक्तासमेत रहेका शर्मा संस्थापनपक्षका, पूर्वमन्त्रीसमेत रहेका थापा संस्थापन इतरका पौडेल पक्षबाट उम्मेदवार हुने लगभग निश्चितप्राय भएको छ ।

अघिल्लो पटक डा. शशांक कोइरालासँग पराजित थापा अहिले टिम परिवर्तन गरेर भए पनि महामन्त्री बन्ने दाउमा देखिन्छन् । कार्यकर्ताको माग अनुरुप नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको नेता थापाले बताए । ‘आम नेता तथा कार्यकर्ताहरुको माग अनुरुप नै महामन्त्रीमा पुन उम्मेदवारी दिने तयारी गरेको हुँ ।’, थापाले भने ।

तीन समूहमा विभक्त कांग्रेसका तीन युवा महामन्त्रीको आकांक्षी भएपछि महाधिवेशनमा चुनावी प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । कांग्रेसको तेस्रो धारका रूपमा चिनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहबाट नेता प्रदीप पौडेलले महामन्त्रीको आकांक्षा राखेका छन् । उनले ७७ वटै जिल्लाको क्रियाशील सदस्यको सूची पार्टीको वेबसाइटमा सार्वजनिक भएलगत्तै आधिकारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

‘नेपाली कांग्रेसलाई सैद्धान्तिक र व्यावहारिक रुपमा अघि बढाउने र समग्र मुलुकलाई सही दिशा तर्फ अग्रसर बनाउन महामन्त्रीको उमेदवारी दिने तयारीमा छु ।’ नेता पौडेलले भने ।

कांग्रेसको महामन्त्रीका आकांक्षी गगन, विश्वप्रकाश र प्रदीप तीनै जनासँग विद्यार्थी राजनीतिको राम्रो अनुभव छ । तीनै जना नेता चुनावी मैदानमा उत्रिदाँ एक जना भने बाहिरीने छन् । किनकी काँग्रेसको विदान अनुरुप २ जना मात्र महामन्त्री हुने व्यवस्था रहेको छ । ३ मध्ये कोही एक जना रिङ आउट हुनेछ ।

विश्वप्रकाश शर्मा पार्टी प्रवक्ता हुन् र उनी पार्टी सभापति शेरबहादुर देउवाको टिममा छन् । गगन थापा प्रतिनिधि सभाका सदस्य हुन् उनी पौडेल पक्षमा उभिएका छन् । प्रदीप पौडेल सिटौला पक्षमा छन् । उनी पार्टीको सक्रीय राजनीतिमा छन् । विश्वप्रकाश र प्रदीप पौडेल नेविसंघको पूर्वसभापति समेत हु्न् ।

पटक पटक बुढापाकाले नेतृत्व गर्दै आएको नेपाली कांग्रेस युवा पुस्ताले सम्हाल्नु पर्ने बेला भइसकेको छ । यस्तो बेला युवापुस्ताका नेता एकै पदको प्रतिस्पर्धामा होमिएबाट कांग्रेसको महाधिवेशन थप आकर्षणको विषय बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);