कांग्रेस महाधिवेशन : प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कांग्रेस महाधिवेशन : प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।

कृष्णप्रसाद सिटौला समूहबाट उनले महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् । ‘महामन्त्रीमा उम्मेदवारी दिने निश्चित छ, वडा अधिवेशन सकिएपछि उम्मेदवारी घोषणा गर्छु’, पौडेलले भने ।

१३औँ महाधिवेशनमा पनि सिटौला समूहमा रहेका पौडेल १४औँ महाधिवेशनमा पनि उनैलाई साथ दिने भएका हुन् । १३औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा अहिले रामचन्द्र पौडेल समूहमा गएका छन् ।

पौडेल समूहबाट उम्मेदवारी घोषणा भइसकेको छैन । तर, सो समूहमा रहेका थापाले महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् । आगामी २४ भदौमा कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । उनले संस्थापन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् ।

आगामी मंसीर ९ गतेदेखि १३ गते सम्म कांग्रेसको १४औँ महाधिवेशन हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);