रास्वपा महाधिवेशनलक्षित काँग्रेस सांसद परियारको टिप्पणी–काठमाडौंमा सरकार छैन, देशको राजधानी चितवन सरेको अनुभुति भयो | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

रास्वपा महाधिवेशनलक्षित काँग्रेस सांसद परियारको टिप्पणी–काठमाडौंमा सरकार छैन, देशको राजधानी चितवन सरेको अनुभुति भयो

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले एक सातायता काठमाडौंमा सरकारको उपस्थिति नदेखिएको भन्दे आपत्ति जनाउनुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले देशको राजधानी काठमाडौंबाट चितवन सरेजस्तो अनुभुति भएको टिप्पणी पनि गर्नुभयो । यही असार ७ गतेदेखि सत्तत्रारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ । उहाँले रास्वपा महाधिवेशनको कारण संघीय संसद र सरकारका काम कारबाही समेत प्रभावित हुन पुगेको बताउनु भयो । उहाँले सरकार चितवनतर्फका कार्यक्रममा व्यस्त रहँदा आफू भने अधिकारबाट वञ्चित र अन्यायमा परेको गुनासो गर्दै आन्दोलनरत नागरिकलाई भेट्न माईतीघर पुगेको बताउनु भयो । उहाँले कक्षा १२ को नतिजा प्रकाशनपछि अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीप्रति सरकार संवेदनशील नभएको आरोप पनि लगाउनु भयो । अन्यायमा परेका विद्यार्थीसँगै आन्दोलनरत सबै नागरिकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।

Leave a Reply

ताजा समाचार