विश्वप्रकाश शर्मापछि गगन थापा पुगे सिटौला निवास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वप्रकाश शर्मापछि गगन थापा पुगे सिटौला निवास

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेता कृष्णप्रसाद सिटौला निवास पुगेका छन् । पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएको एक सातापछि थापा मंगलबार नेता सिटौला निवास पुगेर आशीर्वाद मागेका छन् ।

कांग्रेसको १३औं महाधिवेशनमा थापा र सिटौला एउटै समूहमा थिए । सिटौला सभापति र थापा महामन्त्रीका उम्मेदवार थिए । दुवै पराजित भए । त्यसयता थापा सिटौला समूहबाट रामचन्द्र पौडेल समूहमा लागे । १४औं महाधिवेशनमा थापा डा.शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिए । र, तीन हजारभन्दा बढी मत ल्याएर चुनाव जिते ।

महामन्त्री थापाले आशीर्वाद मागेपछि सिटौलाले पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाव दिएका थिए । उनले विगतका तितामिठा कुरा बिर्सेर काम गर्न सल्लाह दिएका थिए । आइतबार मात्रै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा नेता सिटौला निवास पुगी आशीर्वाद मागेका थिए । सिटौलाले आशीर्वाद दिँदै यो भन्दा पनि माथि पुग्नु भनेर आशीष दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);