उपसभापतिमा बस्न सिटौलालाई रामचन्द्र पाैडेलको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

उपसभापतिमा बस्न सिटौलालाई रामचन्द्र पाैडेलको प्रस्ताव

काठमाडौं । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेपाली कांग्रेसमा संस्थापन इतर समूहको बैठक चल्दै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल बीचमै उठेर हिँडे । केन्द्रीय सदस्यलगायत जिल्ला सभापतिहरूले मिलेर जान दबाब दिएपछि पौडेल केही बेर बसे अनि बाहिर निस्के । आजै सभापतिको साझा उम्मेदवार घोषणा गर्ने दबाबमा रहेका पौडेल त्यहाँबाट सिधै नेता कृष्णप्रसाद सिटौलाको घर पुगे ।

सिटौला पनि आफू निकट नेताहरूसँग महाधिवेशनको तयारीबारे छलफलमा थिए । बेलाबेला पौडेल र सिटौलाबीच संवाद र छलफल भने भइरहने गर्छ । तर, आज बिहान दुवै नेताबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ । 

१३औं महाधिवेशनपछि पौडेल र सिटौला अलग अलग भएका हुन् । सो महाधिवेशनमा शेरबहादुर देउवालाई दोस्रो चरणको मतदानमा सिटौलाले साथ दिएपछि पौडेल पराजित भएका थिए । त्यसयता उनीहरूबीच खासै राम्रौ सम्बन्ध छैन । तर, सभापतिको साझा उम्मेदवार घोषणा गरेर नगए यसपटक पनि देउवाले जित्ने ठानेर पौडेल सिटौलाको सहयोग माग्न पुगेका थिए । भेटमा पौडेलले मिलेर जान आग्रह गरेका थिए । सिटौला निकट स्रोतका अनुसार पौडेलले उपसभापतिमा बसिदिन र पदाधिकारीमा मिलेर जान सकिने प्रस्ताव गरेका थिए । सिटौलाले यसबारे आन्तरिक छलफल गर्ने बचन दिएका थिए ।

सिटौलाले पौडेल समूहसँग आफ्नो पक्षलाई ४० प्रतिशत भाग दिनुपर्ने अडान राखेको छ । तर, पौडेल–कोइराला पक्ष त्यो मान्न तयार छैन । त्यही भएर सिटौलाले यसपटक पनि देउवासँग मिलेर जान सक्ने संकेत देखिएको छ ।

तर, कांग्रेसका युवा नेता गगन थापा भने जसरी पनि योपटक सिटौलालाई पौडेल समूहमा ल्याउने पक्षमा छन् । थापाकै आग्रहमा पौडेल सिटौला मनाउन पुगेको स्रोतले बतायो । उम्मेदवारी मनोनयन दर्ता नहुने समयसम्म कसले कसलाई साथ दिन्छ भन्ने अझै भन्न नसक्ने नेताहरू बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);