कांग्रेस प्रदेश १ महामन्त्री र सहमहामन्त्रीमा खोटाङका भूपेन्द्र र वीरकाजीकाे उम्मेदवारी | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

कांग्रेस प्रदेश १ महामन्त्री र सहमहामन्त्रीमा खोटाङका भूपेन्द्र र वीरकाजीकाे उम्मेदवारी

खोटाङ । नेपाली कांग्रेसको प्रदेश १ को महामन्त्री र सहमहामन्त्रीमा खोटाङका दुई नेताले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभापतिका प्रत्यासी उद्धव थापाको प्यानलबाट भूपेन्द्र राईले महामन्त्रीमा उम्मेद्वारी दर्ता गरेका छन् । यस्तै, प्रदेश सभापतिका अर्का प्रत्यासी गुरुराज घिमिरेको प्यानलबाट नेता वीरकाजी राईले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

प्रदेश महामन्त्रीका प्रत्यासी राई दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष हुन् । उनले कोभिड-१९ को महामारीका बेला संक्रमितलाई पिठ्युँमा बोकेर अस्पताल पुर्‍याएर चर्चा कमाएका थिए । महामन्त्रीका प्रत्यासी राईसँगै प्रदेश सदस्यमा हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर विमला राई, शान्तिकला राई र लोकेन्द्र राईले सदस्यमा मनोनयन दर्ता गरेका नेता अमृत गिरीले बताए ।

सहमहामन्त्रीसँगै प्रदेश सदस्यमा सुमनबाबु आचार्य, जितेन्द्रसिंह ठकुरी, गोपाल सैंजू र अञ्जना केसी बस्नेतले उम्मेद्वारी दिएको नेता राजकुमार बस्नेतले बताए ।  प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला समूहबाट घिमिरे तथा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट थापा उठेका छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);