नेपाली कांग्रेसको प्रवक्तामा गगन थापा मनोनित | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

काठमाडौं, ९ कार्तिक । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी प्रवक्तामा युवा नेता गगन कुमार थापालाई नियुक्त गरेका छन्।

महाधिवेशन सकिएको लामो समयदेखि रिक्त रहेको प्रवक्ता पदमा सभापति देउवाले पार्टीका युवा नेता तथा पूर्व मन्त्री गगन थापालाई मनोनयन गरेका हुन्। सभापति देउवाको प्रस्तावलाई सकारात्मक रुपमा लिएका थापाले आज बिहिवार प्रवक्ताको जिम्मेवारी लिएका हुन्।

पार्टीको महाधिवेशनमा कृष्ण सिटौला समुहबाट महामन्त्रीमा प्रत्यासी भएका थापा त्यसयता सभापति देउवाले केन्द्रीय समितिमा मनोनयन गरेका थिए। यस अगाडि नेपाली कांग्रेसको प्रवक्तामा दिलेन्द्र प्रसाद वडु थिए भने महाधिवेशनपछि उक्त पद खाली थियो।