निर्वाचनलाई प्रभावित पार्ने गतिविधि नगर्न एमालेको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निर्वाचनलाई प्रभावित पार्ने गतिविधि नगर्न एमालेको आग्रह

काठमाडौं, ९ कात्तिक  । नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको चालू प्रक्रियालाई कहीकतैबाट अवरोध आउन नदिन निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराएको छ ।

विहिबार बसेको एमाले स्थायी समिति बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई प्रभावित पार्ने खालका गतिविधि राज्यका कुनै पनि निकायले गर्न नमिल्ने निष्कर्ष निकाल्दै निर्वाचनको चालू प्रक्रियामा अवरोध आउन नदिन निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराएको हो ।

निर्वाचनको चालू प्रक्रियामा अवरोध आउन नदिन निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराउने निर्णय गर्नु परेको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । सर्वोच्च अदालतले बुधबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फको मतपत्र छुट्टाछुट्टै छाप्ने विषयमा भएको प्रगतिबारे ३ दिन भित्र विवरण बुझाउन आदेश दिएको थियो ।

सर्वोच्चको सो आदेशबाट प्रभावित नभई मतपत्र छपाईसहितका निर्वाचन सम्बन्धि चालू प्रक्रिया निरन्तर अघि बढाउन एमालेले निर्वाचन आयोगसँग आग्रह गरेको छ ।

एमालेले चालू निर्वाचन प्रक्रियाले मतदाताको मत हाल्न पाउने अधिकार समेत कटौति नभएको दावी समेत गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता सर्वेन्द्रनाथ शुक्लले प्रदेश र प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै छाप्न हालेको रिटमा सर्वाेच्च अदालतले दिएको आदेश निर्वाचन आयोगले कार्यान्वयन नगरेको भन्दै पुन अवहेलना मुद्दा दर्ता गराएका थिए । बैठकमा एमाले नेतृत्वबीच प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीको विषयमा पनि समिक्षा भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);