असोज २९ गते आगामी निर्वाचनको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आयोगको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

काठमाडौं, २० असोज ।  निर्वाचन आयोगले आगामी असोज २९ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आह्वान गरेका हुन् । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्द सूचि आगामी असोज २९ गते पेश गर्नुपर्नेछ । सोही सम्बन्धमा जानकारी दिन शनिवार काठमाडौंमा आयोजित समानुपातिक निर्वाचन प्रणालीसम्बन्धि अभिमूखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्द सूचि पेश गर्न राजनीतिक दलहरुलाई आग्रह गरे ।

त्यस अवसरमा उनले आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेशी, मुस्लिम र पीछडिएका क्षेत्रको तोकिएको प्रतिशत अनुसार समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचि पेश गर्नुपर्ने कानुनी व्यवस्थाबारे पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराए । राजनीतिक दलहरुले समानुपातिक तर्फको निर्वाचनका लागि प्रतिनिधि सभाका लागि १ सय १० र प्रदेश सभाका लागि २ सय २० जना उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाउनु पर्नेछ ।

प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आचारसंहिता उलंघन गरे उम्मेदवारीनै रद्द गर्ने चेतावनी पनि दिए । उनले उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उलंघन गरे सम्बन्धित दलका नेतृत्वलाई नै स्पष्टिकरण लिने व्यवस्था गरिएको बताए ।
आगामी मंसीर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन प्रतिकूल हुने खालका कुनै पनि गतिविधि नगर्न पनि राजनीतिक दलहरुलाई पुनः सचेत गराए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);