निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको बन्द सूचि सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फको बन्द सूचि सार्वजनिक

nirbachan aayog

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ ६ हजार ९४ जनाको उम्मेदवारी –

काठमाडौं, १७ कात्तिक । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ दलहरुले बुुझाएको उम्मेदवारको बन्द सूचि सार्वजनिक गरेको छ ।

आयोगले शुक्रबार  काठमाडौंमा पत्रकार सम्मेलन गरी राजनीतिक दलहरुले पेश गरेको समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूचि सार्वजनिक गरेको हो ।

आयोगका सचिव बेगेन्द्र शर्मा पौडेलले ५३ वटा राजनीतिक दलहरुले संशोधनसहित बुझाएको समानुपातिकतर्फका उम्मेदवारहरुको बन्द सूचि सार्वजनिक गरिएको जानकारी दिए ।

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फ ६ हजार ९४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारमाथि दावी विरोध गर्न मंसिर २४ गतेसम्मको समय तोकि दिएको छ ।

त्यसपछि छानवीन गरी मंसिर ३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने पनि आयोगका सचिव पौडेलले बताए । निर्वाचन कानुनले तोकिदिएको क्लष्टर भित्र रहेर राजनीतिक दलहरुले उम्मेदवारको संशोधित सूचि बुझाएपछि आयोगले त्यसको विवरण सार्वजनिक गरेको हो । आगामी मंसीर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);