प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन कार्यतालिकाप्रति प्रधानमन्त्रीकाे असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन कार्यतालिकाप्रति प्रधानमन्त्रीकाे असन्तुष्टि

deuba

काठमाडौ, २३ भदौ । सरकारले निर्वाचन आयोगद्धारा प्रस्तावित प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन कार्यतालिकाप्रति असन्तुष्टि जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक तर्फबाट उम्मेदवारको सूचि पहिले तय गर्ने निर्वाचन आयोगको प्रस्तावप्रति असन्तुष्टि जनाएका हुन् ।

निर्वाचन आयोगका पदाधिकारीसँग शुक्रबार अपरान्ह भेटगरी प्रधानमन्त्री देउवाले पहिले प्रत्यक्षतर्फको उम्मेदवारको सूचि बुझाएर मात्रै समानुपातिक तर्फको बन्द सूचि बुझाउने गरी कार्यतालिका तय गर्न उपयुक्त हुने धारणा राखेका छन् ।

निर्वाचनको प्रस्तावित कार्य तालिकाको विषयमा छलफल गरिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए । त्यस अवसरमा निर्वाचन आयोगले आचार संहिता पालना गर्न, गराउन पनि प्रधानमन्त्री देउवाको गम्भिर ध्यानाकर्षण गराएको थियो ।

निर्वाचन आचारसंहिताको विषयमा पनि छलफल गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि गत भदौ १४ गतेबाट निर्वाचन आचारसंहित लागू गरिसकेको छ । सरकारले आगामी मंसीर १० र २१ गते दुई चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेपछि आयोगले सोही अनुसारको तयारीको कामलाई अघि बढाएको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);