३० राजनीतिक दलद्वारा समानुपातिक उम्मेदवारी दर्ता, ठूला दलले नै मिचे समयसीमा | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

काठमाण्डौँ, २९ असोज । निर्वाचन आयोगले तोकेको समयावधिभित्र ३० वटा राजनीतिक दलहरुले मात्रै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचि बुझाएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आयोगले तोकेको अपरान्ह ५ बजेको समय भित्र ३० वटा राजनीतिक पार्टीहरुले मात्रै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचि आयोगमा बुझाएका हुन् । निर्वाचन आयोगले समानुपातिक तर्फको उम्मेदवारको सूचि बुझाउन आईतबार विहान १० बजदेखि अपरान्ह ५ बजेसम्मको समयसिमा तोकेको थियो ।

यता, ठूला दलहरु भने भर्खरै उम्मेदवारको सूची लिएर निर्वाचन आयोग पुगेका छन् । काँग्रेस केही समय अघि पुगेपनि एमाले, माओवादी केन्द्र लगायतका दलहरु भने उम्मेदवारको बन्द सूची बुझाउन भर्खरै निर्वाचन आयोगको कार्यालय पुगेका हुन् । आयोगका प्रवक्ता ढकालले दलहरु सूची बुझाउन ढिला आएकाले दर्ता प्रक्रिया साँझसम्म जारी रहने बताए ।

आगामी मंसीर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि ८८ वटा दल दर्ता भएका छन् । सबै राजनीतिक दलहरुले निर्वाचनका लागि आईतबार समानुपातिक तर्फका उम्मेदवारको सूची बुझाउने कार्यक्रम तय गरिएको हो । कार्यक्रम अनुसार सबै भन्दा पहिलो समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची राष्ट्रिय यथार्थवादी पार्टी, नेपालले बुझाएको छ ।

त्यसैगरी दोस्रोमा नेपाल समाजवादी पार्टी (लोहियाबादी) ले पनि उम्मेदवारको बन्द सची बुझाएको छ । दलहरुले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउँदा कम्तिमा ५० प्रतिशत महिला हुनुपर्ने कानुनी व्यवस्था छ । प्रदेश सभाका लागि २ सय २० र प्रतिनिधि सभाका लागि १ सय १० जना समानुपातिक तर्फको उम्मेदवारी दिनुपर्नेछ । निर्वाचन आयोगले समानुपातिक तर्फको उम्मेदवारको बन्द सची सच्याउन कार्तिक १२ गतेसम्मको समयसिमा निर्धारण गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);