प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारले खर्च गर्न पाउने रकमको यस्तो छ सूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारले खर्च गर्न पाउने रकमको यस्तो छ सूची

nirbachan aayog

काठमाण्डौँ, २९ असोज । निर्वाचन आयोगले प्रतिनिधिसभामा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकेको छ ।

प्रतिनिधिसभाका उम्मेदवारलाई २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई १५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको हो ।
प्रतिनिधि र प्रेदशसभा दुवै तर्फका उम्मेदवारले उम्मेदवारी खरिद देखि गोष्ठी र अन्तरक्रियालगायत विभिन्न शीर्षमा २५ लाख र १५ लाख सम्म खर्च गर्न पाउनेगरी खर्चको सीमा तोकिदिएको हो। चुनावलाई भड्किलो हुन नदिने भन्दै आयोगले खर्च सीमा तोकेको हो।

Kharch list
समानुपातिकतर्फ संघीय संसद्का उम्मेदवारले जनही २ लाख रुपैयाँसम्म र प्रदेशसभा समानुपातिक उम्मेदवारले जनही एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);