प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि एमाले पहिलाे शक्ति बन्ने ओलीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि एमाले पहिलाे शक्ति बन्ने ओलीको दाबी

दमौली, २३ भदौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमाले पहिलाे शक्ति बन्ने दाबी गरेका छन् । एमाले तनहुँले भानु नगरपालिका–२ नारेश्वरटारमा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

उक्त कार्यक्रममा बोल्दै ओलीले भने, ‘प्रदेशसभा र प्रतिनिधिसभाको चुनावपछि एमाले पहिलाे शक्ति हुन्छ र एमालेकै नेतृत्वमा नयाँ सरकार गठन हुन्छ ।’

पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा एमाले पहिलो शक्ति भइसकेको र २ नं प्रदेशको चुनावमा पनि एमाले नै अगाडि आउने ओलीले ठोकुवा गरे ।

एमाले राष्ट्रियता जोगाउने पार्टी भएकाले मधेस विरोधी भएको आरोप लगाउनु नाजायज तर्क भएको ओलीले टिप्पणी गरे ।

भारतले नाकाबन्दी गर्दा आफू प्रधानमन्त्री रहेको र त्यतिबेला राष्ट्रवादी काम गरेकाले जनताको साथ पाएको ओलीको भनाई छ । आसन्न निर्वाचनमा एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने ओलीले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);