प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : ओली

पोखरा, १६ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन् ।

 

एमाले प्रदेश संगठन कमिटी प्रदेश नं– ४ ले आज पोखरामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

 

अबको निर्वाचनमा एमालेको विजयलाई कसैले रोक्न नसक्ने ओलीले दाबी गरे । उनले भने, ‘एमालेले राष्ट्रियताको पक्षमा लिएको अडानका कारणा जनताले हाम्रो पार्टीलाई मत दिन्छन् र पहिलो पार्टी बनाउँछन् ।’

सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने घोषणा गर्नुलाई ओलीले धाँधलीको संकेत भएको टिप्पणी गरेका छन् ।

 

एमालेलाई घेराबन्दी

 

असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा एमालेलाई चारैतिरबाट घेराबन्दी गर्न खोजिएको उनले बताए । उनले ‘जसले घेराबन्दी गरेपनि एमाले पहिलो पार्टी बनेरै छाड्ने जिकिर गरे  ‘

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);