एमाले केन्द्रिय कमिटी बैठक शुक्रबारबाट काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले केन्द्रिय कमिटी बैठक शुक्रबारबाट काठमाडौंमा सुरु

काठमाडौं, ६ असोज । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि आवश्यक रणनीति तय गर्न पार्टी केन्द्रिय कमिटी बैठक बोलाइएको हो ।

पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीको सम्पूर्ण शक्ति परिचालित हुनेगरी आवश्यक रणनीति तय गर्न बैठक बोलाउनु परेको स्पष्ट पारे ।

उनले अव संगठन निर्माणको कामलाई स्थगित गरेर सम्पूर्ण रुपमा पार्टी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटने बताए । अध्यक्ष ओलीले प्रदेश नम्बर २ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पनि आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरे ।

आगामी मंसीर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । सोही निर्वाचनमा बहुमत ल्याउने गरी रणनीति तय गर्न एमालेले केन्द्रिय कमिटि बैठक बोलाएको हो । ३ दिनसम्म चल्ने बैठकमा स्थानीय तहको निर्वाचनको पनि समिक्षा पनि हुनेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);