प्रदेश नम्बर २ को परिणामबाट बिचलित नहुन ओलीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

प्रदेश नम्बर २ को परिणामबाट बिचलित नहुन ओलीको आग्रह

kp oli

काठमाडौं, ६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको परिणामबाट बिचलित नहुन पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका छन् ।

अध्यक्ष ओलीले कुनै ठाउँ विशेषको निर्वाचन परिणामको विषयलाई लिएर पार्टी भित्र दोषारोपणको राजनीति सुरु गर्न नहुने तर्फ सबै नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।

शुक्रबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको ८ औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एक्लै भिड्न नसक्ने भएपछि प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा अन्य सबै दलहरुले आफ्नो पार्टी विरुद्ध मोर्चाबन्दी गरेका कारण केही कमजोर देखिएको उल्लेख गरे ।

अध्यक्ष ओलीका विगतका अभिव्यक्तिले पनि प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन परिणाम काँग्रेसको भन्दा कमजोर भएको पार्टी भित्रै चर्चा सुरु भइरहेका छन ।

सोही प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले चुनावी परिणामलाई लिएर पार्टी भित्र दोषारोपण नगर्न पार्टीका सबै नेता कार्यकर्तालाई सचेत गराएका हुन् ।

उनले प्रदेश नम्बर २ को कतिपय स्थानीय तहमा अन्य दलहरुले धाँधली गरेका कारण पार्टीले हार व्यहोर्नु परेको बताए । अध्यक्ष ओलीले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन पछि एमालेले बहुमतका साथ सरकार बनाउने दावी गरे ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);