एमालेको सर्कुलर : पार्टी विभाजनविरुद्ध दृढतापूर्वक उभिनु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

एमालेको सर्कुलर : पार्टी विभाजनविरुद्ध दृढतापूर्वक उभिनु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनविरुद्ध दृढताका साथ उभिन नेता तथा कार्यकर्ता तथा जनप्रतिनिधिहरुलाई आह्वान गरेका छन् ।

अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टी विभाजनविरुद्ध उभिन नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

निर्देशनमा पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र विभाजनकारी गतिविधिको सशक्त विरोध गर्न आह्वान गर्दै कुनै हिसाबले विगतमा यस्तो गतिविधिमा संलग्न भएको भएपनि त्यसबाट अलग भएर पार्टीको पक्षमा उभिज तयार हुनेहरुलाई विना भेदभाव पार्टीमा स्वागत गर्ने पनि उल्लेख गरिएको छ ।

ओलीले २१ दिनभित्र प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले दल छनोट गर्न पाइने भने निर्वाचन आयोगले जारी गरेको सूचनाबाट प्रभावित नहुन समेत आग्रह गरेका छन् ।

गत भदौ ८ गतेको स्थायी समिति र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयसहित जारी गरेको एमाले निर्देशनमा पार्टीको भूमिका बदलिएको र एमाले सत्तापक्षबाट प्रतिपक्षमा रुपान्तरित भएको उल्लेख छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);